हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

प्रकाशित मिति:

हेटौंडा – पश्चिम मकवानपुरको मनहरीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मनहरी ३ मेलडाँडा बस्ने अन्दाजी ७० वर्षीया वृद्धा मैया थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएका छ।

प्रहरीका अनुसार मनहरी ३ पर्सा वन्यजन्तु आरक्ष क्षेत्रको जंगलमा आमा छोरी घाँस काट्न जाँदै गर्दा बाटोमा जंगली हात्तीले लखेटेर बृद्धा थापाको ज्यान गएको हो। थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।