२६ बर्षीय सुनिताको सेप्टिट्याङकी गाडीले लियो ज्यान

२८ पुष २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


सुनसरी – सुनसरीको ईटहरी उप-महानगरपालिका-५ पिपलचोक स्थित भित्रि सडक खण्डमा सेप्टिट्याङकी गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

आज दिउँसो पौने १ बजेको समयमा को १ ख ७१२१ नम्बरको सेप्टिट्याङकी गाडीले साईकल यात्री ईटहरी उपमहानगरपालिका-४ हलगडा बस्ने बर्ष २६ की सुनिता कार्कीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते भएकी उनलाई उपचारको लागी बिराट नर्सीङहोम अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो पौने २ बजेको समयमा उनको मृत्यु भएको थियो ।

सेप्टिट्याङकीका चालक ईटहरी ५ बस्ने वर्ष ३८ को राजन तोलाङ्गेलाई १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय ईटहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना भएको समयमा सह-चालकले चलाएको खुल्न आएपछी सह-चालक रामधुनि ३ बस्ने वर्ष ४९ को प्रेम बहादुर खड्कालाई समेत नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

कार्की इटहरीको महेश्वर बचत तथा ऋण सहकारी संस्थाकी कलेक्टर रहेको बताइएको छ । -पुर्बेली न्युज 

फेसबुकबाट तपाईको प्रतिक्रिया