सर्वोच्च अदालतको ठहर:भाटभटेनी मार्केट्सले साढे २२ करोड रुपैयाँ बढी कर छली

२८ पुष २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – चल्तीको व्यापारिक प्रतिष्ठानकोरुपमा उभिएको भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्सले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको ठहर सर्बोच्च अदालतले गरेको छ ।सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले भाटभटेनीले नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छली गरेको ठहर गर्दै राजस्व न्यायाधीकरणले यस अघि गरेको फैसलालाई सदर गरेको छ।

भाटभटेनी डिपार्टमेन्टल स्टोर्सले २०६४ देखि २०६७ सालसम्मको समयमा कुल साढे २२ करोड रुपैयाँ बढी कर छली गरेको भन्दै कर प्रशासनले संशोधित कर निर्धारण गरेको थियो ।सर्वोच्च अदालतको यो फैसलापछि कर छलेका व्यापारिक प्रतिष्ठान तथा व्यवसायीहरुले कर प्रशासनले निर्धारण गरेको कर तिर्नुपर्ने भएको छ।यस्तै सर्वोच्च अदालतले शंकर अक्सिजन ग्यास प्रालि, एआईटी प्रालि, महेश बानियाँसमेतले नक्कली बिल प्रयोग गरेर राजस्व छलेको ठहर गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया