चेपाङ्ग बालबालिकालाई लत्ताकपडा र शौक्षिक सामग्री वितरण कार्यक्रम आयोजना हुने

प्रकाशित मिति:

मकवानपुर /मकवानपुर राक्सिराङ्ग गाउँपालिका मकलदमारको श्री जनसेवा प्राथमिक बिद्यालयमा का ११५ जना चेपाङ्ग बालबालिकालाई यहि आउदो माघ ६ गतेका दिन का दिन एक कार्यक्रम आयोजना गरि चेपाङ्ग समुदायलाई लत्ताकपडा र शौक्षिक सामग्री वितरण कार्यक्रम आयोजना हुन लागेको छ|  नेपालमा घर भई टाईवानमा रहनु भएका  karma dhinbup (mr.nepal singing bowls) 尼泊爾先生喜馬拉雅之音松缽城  र नेपालमै विभिन्न सामाजिक कार्य गर्दै आउनुभएका समाजसेवी रामेश्वर शर्मा भुर्तेल ले यो कार्यक्रम आयोजना गरेका छन |

राजधानीसँग जोडिएको मकवानपुर रहेको चेपाङ बस्तीका बालबालिका त अन्य क्षेत्रका बालबालिकाको भन्दा पनि दयनीय छ ।तर जनसेवा प्राथमिक बिद्यालयका अवोध बालबालिकाहरु भने आफ्नो भविश्य खोज्दै खाली खुट्टा च्यात्तिएको कपडा लगायरै भएपनी क ख चिन्न स्कुल जान्छन् । घरमा बाबु आमाले घर कै काम गर्नु भनेर स्कुल नपठाए पनि आफु हरु स्कुल जसो तसो आउने गरेको कक्षा २ मा पढिरहेकी नेमा चेपाङले बताइन् ।थोरै खोरियाबारी छन्, घरमा अन्न सकिएको छ । बाबु मजदुरी गर्न गए । आमा बिहानै मेलामा गइन् । घरमा खानेकुरा नभएपछि उनी अँगेनाको छेउबाट उठेपछि घाम ताप्न निस्किए । केहीबेरको घाम तापेपछि उनी किताब बोकेर खाली खुट्टै विद्यालय निस्कन्छन् ।यसैलाई मध्य नजर गर्दै यहि आउदो माघ ६ गतेलत्ताकपडा र शौक्षिक सामग्री वितरण गर्न लागिएको हो।
फेरि यहि वर्ष आउदो महिनामा शर्माको नेत्रितोमा मकवानपुरको राक्सिराङ ७ चरिमारामा १५५ जना चेपाङ बालबालिकाको लागि शैक्षिक तथा खेलकुद सामाग्री बितरण कार्यक्रम २०७६ अर्को अभियान सुरु भएको शर्माले हामीलाई बताउनुभयो।