निम्न चापीय प्रणालीले आज मौसममा बदलीसहित पानी पर्ने

काठमाडौं/ अहिले देशभरको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव छ ।जसका कारण आज मंगलबार पश्चिमी क्षेत्रमा सामान्य बदलीसँगै सुदूर पश्चिमका उच्च पहाडी भूभाग का थोरै स्थानमा हल्का वर्षा र हिमपात भएको छ ।आज दिउँसो देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य पहाडी भू्भागमा आंशिक बदली रहनेछ । पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।
आज राति भने देशको पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भूभागका एक दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया