बसभित्र हस्तमैथुन प्रकरणः घटनालगत्तै भारत फरार भएका थिए रबिन

प्रकाशित मिति:

गत वर्ष माघ १० गते सार्वजनिक बसभित्र हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेका रबिन सार्की घटनालगत्तै भारत फरार भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

सात महिनाअघि मात्रै नेपाल फर्किएका रबिनलाई महानगरीय अपराध महाशाखाको टोलीले चितवनबाट पक्राउ गरेको थियो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार भिडियो २०७५ साल साउनमा खिचिएको थियो भने ६ महिनापछि सामाजिक सञ्जालमा रबिन रुचालको नामबाट सार्वजनिक भएको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ६ महिनापछि मात्रै पीडितले प्रहरीमा दिएको जाहेरीको आधारमा घटनामा संलग्नको खोजी कार्य भइरहेको थियो ।

भरतपुर महानगरपालिका–२४ स्थायी घर भएका २१ वर्षीय रबिनले पैसा कमाउने उद्देश्यले उक्त घटना घटाएको प्रहरी समक्ष बयान दिएका छन् । साथै, उक्त भिडियो उनी आफैंले खिचेको पनि बयानमा उल्लेख गरेका छन् ।

बिगत ३ वर्षदेखि काठमाडौंको बानेश्वरमा बस्दै आएका रबिनले रिक्सा चलाउने काम गर्दै आएका थिए एसएसपी थापाका अनुसार घटना लगत्तै भारत भागेका रबिनले दिल्लीमा रहेको एक मोमो फ्याक्ट्रीमा ३ महिना काम गरेका र त्यहाँबाट भारतकै कास्मिर गई त्यहाँ पनि ४ महिना बसेर पुनः दिल्ली गई ३÷४ महिना अगाडि मात्रै दिल्लीबाट चितवन आएका थिए । – रातोपाटी