हबले गर्‍यो अष्ट्रेलियन शैक्षिक मेला

प्रकाशित मिति:

काठमाडौं – हब इन्टरनेसनल एजुकेसनले अष्ट्रेलियन एजुकेसन फेयर (शैक्षिक मेला) को गरेको छ। सोमबार सम्पन्न फेयरमा ३ सयभन्दा धेरै विद्यार्थीले अवलोकन गरेको हबले जनाएको छ। फेयरमा जेम्स कुक विश्वविद्यालय, साउर्दन क्रस विश्वविद्यालय, फेडेरेसन विश्वविद्यालय, बक्स हिल इन्स्टिच्युट, इन्जिनियरिङ इन्स्टिच्युट अफ टेक्नोलोजी, एक्सेल्यिा कलेजलगायत १५ विश्वविद्यालय तथा कलेजहरुको प्रतिनिधित्व थियो।

‘विद्यार्थीहरुलाई अष्ट्रेलियन शिक्षाबारे जानकारी दिन यो फेयर गरिएको थियो, विद्यार्थीका जिज्ञासा मेट्न सफल भएका छौँ,’ हब इन्टरनेसनल एजुकेसनका प्रबन्ध निर्देशक उद्धवबहादुर खड्काले भने, ‘विश्वका उत्कृष्ट शिक्षाप्रदायकहरुले अष्ट्रेलियाको शिक्षाबारे दिएको जानकारीले नेपाली विद्यार्थीलाई लाभ पुग्ने विश्वास लिएका छौँ।’

शैक्षिक मेलामा बिओके, ब्रिटिस कलेज तथा ट्राभलर्स हबले पनि सहभागीता जनाएका थिए । कार्यक्रममा ग्रिन बिन्स कफी एन्ड स्यान्डवीचले सहभागी विद्यार्थीहरुलाई बारिस्टा ट्रेनिङमा पचास प्रतिशत छुट दिने घोषणा गरेको थियो ।