क्लब डे नोभो एघारौं वर्षमा, एक अर्ब लगानी

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल  – क्लब डे नोभो एघारौं वर्षमा प्रवेश गरेको छ । २०६६ माघ १ गतेदेखि क्लब संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले हेल्थ क्लब र रेष्टुरेष्टबाट शुरुवात भएको डे नोभो अहिले एक अर्ब लगानीसहित पर्यटकस्तरीय होटेलमा विकास भएको छ । होटेलमा सेमी स्वीट, एक्जुकेटिभ डिलक्स, डिलक्स र स्टाण्डर्स गरी ४० भन्दा बढी कोठा रहेका छन् भने मल्टी कुजिन रेष्टुरेष्ट,बार सेवा,जीम हाउस, स्टीम तथा साउना, स्वीमिङ सेवा उपलव्ध गराइएको प्रबन्ध निर्देशक प्रविणबहादुर पाठकले बताए ।

होटेलमा ३ सय ५० जना क्षमताको सुविधा सम्पन्न सेमिनार हल, मिटिङ हल, व्याङ्क्विट सुविधा रहेको र ७० जना भन्दा वढि कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको पाठकले बताए । क्लबमा हालसम्म करिब एक अर्ब रुपैयां लगानी भएको उनले बताए । एक दशक पार गरेको अवसरमा क्लबले पाहुनाहरुको लागि माघ १ गतेदेखि ७ गते सम्म खाना र आवासमा २५ प्रतिशत छुट गरेको पाठकले बताए । यस्तै हेल्थ्य क्लबको मेम्वरसिपमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको उनले बताए ।

वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायीत्व अन्तर्गत उत्कृष्ट कर्मचारी तथा सहयोगी प्रतिष्ठान संस्थालाई सम्मान गर्ने, २ गते मानव सेवा आश्रममा रहेका आश्रितहरुलाई भोजन गराउने र आवश्यक सामग्री प्रदान गर्ने कार्यक्रम रहेको उनले बताए । वार्षिकोत्सवमा मिनि फुड फेस्टिबल समेत आयोजना गरिएको उनले बताए । लुम्बिनीस्थित बौद्ध बिहारहरुले पाहुना राख्दा होटेल व्यवसायी मारमा परेकाले त्यसलाई प्रतिबन्ध लगाउनुपर्ने पाठकले बताए । क्लबका सेवा सुविधामा समय सापेक्ष परिमार्जन र स्तरोन्नति गर्ने योजन समेत रहेको पाठकले बताए ।