नेपाली युवाले कोरियामा गरे आत्महत्या

प्रकाशित मिति:

बुटवल – कामको सिलसिलामा कोरिया पुगेका एक नेपाली युवाले आत्महत्या गरेका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत २१ महिनाअघि दक्षिण कोरिया पुगेका पाँचथर फिदिम नगरपालिका २ को लालीखर्कका विवेक राईले शनिबार राति झुण्डिएर आत्महत्या गरेका छन् ।

कोरियाको दक्षिणी भाग छाङ उमसिमा बङ्गुर फार्ममा काम गर्दै आएका राई केही महिना अघि नेपाल आएर कोरिया फर्केका थिए ।
बेलुकाको खाना खाएर एउटै कोठामा सुतेका उनका साथीहरुले बिहान उठ्दा विवेकलाई नदेखेपछि खोजी गर्दा कम्पनीभित्रै झुण्डिएको अवस्थामा भेटेका थिए ।

राईको आत्महत्याको कारण नखुलेको सोलमा रहेको नेपाली दूतावासले बताएको छ ।