लेकपोखरामा माघेसक्रान्ती मेला सुरु, श्रदालु भक्तजनको घुइँचो

२९ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
1K Shares


मनोज कार्की / गुल्मी – गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न ५ छापहिलेको छापमा अबस्थित लेकपोखरामा आज देखि माघेसक्रान्ती मेला सुरु भएको छ । मालिका गाउँपालिकाकै समृद्धि बोकेको लेकपोखरामा गत बर्ष भन्दा यस बर्ष सर्दालु भक्तजनको पनि निकै घुइँचो लागएको लेकपोखरा मन्दिर ब्याबस्थापन समितिले जानाकारी दिएको छ ।आज देखि सुरु भएको लेकपोखरा मेलामा पन्चेबाजा , स्थानिय भजन , कृषकले उत्पादन गरेका कृषि उपजको प्रदशनी , चिम्टिले खनिएको पोखरीको पुजा , ऋषिकेश मन्दिरमा पुजाआजा गरिएको हो ।मंगलबार मेलामा कृषि प्रदशनी , पन्चेबाजा , स्थानीय भजनकृतनलाई मेलाको आकर्षकको रुपमा लिएको थियो ।मालिका गाउँपालिकाकि उपाध्यक्ष तथा कार्यक्रमकि प्रमुख अतिथि देवा अर्याल रिजाल बोल्दै गाउँपालिकाकै पर्यटकिय महत्व बोकेको र यस मठ मन्दिर तथा लेक

पोखराको संरक्षण गर्नमा गाउँपालिका निरन्तर लागेको बताइन् ।गाउँपालिकाकै चिनारी अर्थात सौन्दर्यता बोकेको लेकपोखरालाई गाउँपालिकाकै नमुना बनाउने उपाध्यक्ष अर्यालले दाबी गरिन।माघ १ गते अर्थात् भोलि लेकपोखरामा बृहत सास्कृतिक कार्यकम हुने भएको हो । कार्यक्रममा लोकदोहोरी गायक श्रीस देबकोटा , लक्ष्मण खडका , अनिल खत्री , हास्य कलाकार गोबिन्द बस्नेत लगाएत स्थानीय कलाकारको बेजोड पस्तुती रहने मेला ब्याबस्थापन समितिले जानाकारी दिएको छ ।मेलाको अबलोकन गर्नको लागि इस्मा, अर्जै , अमरपुर , घमिर , छापहिले, अर्खाबाङ , मर्भुङ लगाएतका वडाबाट दर्शकहरु आउने गर्दछ्न ।पहिलो दिनको कार्यक्रममा जनप्रतिनिधि , विभिन्न राजनितीक दलका प्रतिनिधि , समाजसेवी , पत्रकार , सुरक्षाकर्मी लगाएतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया