क्लब डि नोभोले पुरा ग¥यो दशक, ५० प्रतिशत सम्म छुटको घोषणा

२९ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
18 Shares


बुटवल – बुटवल कालिकानगर स्थित क्लब डि नोभो एक दशक पुरा गरी ११ वर्षमा प्रवेश गरेको छ । वि सिं २०६६ माघ १ गते क्लब डि नोभोले औपचारिक सेवा शुभारम्भ गरेको थियो । क्लब कल्चर प्रवद्र्धन गर्ने उदेश्यले हेल्थ क्लब र रेष्टुरेष्टबाट शुरुवात गरेको अभियानले सिंगो हस्पीटालिटीको स्वरुप पुरा गरेको प्रवन्ध निर्देशक प्रविण बहादुर पाठकले बताउनु भयो ।सोमवार क्लबमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक पाठकले हस्पीटालिटीको सेवामा आरोह अवरोह पार गरेको बताउदै उहांले निरन्तर गुणस्तरीय सेवा प्रदान गरेकै कारण सबैको स्नेह प्राप्त भएको बताउनु भयो । उहाले भन्नु भयो– दक्ष जनशक्तिको अभाव, अर्थतन्त्र चलायमान नहुदाको अवस्थामा पनि यस हस्पीटालिटीले आफ्नो दायित्व पुरा गरेकै कारण यहा सम्म आउन सफल भएका छौं । यसमा सबैको योगदान रहेको छ ।’उहांले चुनौतीका वावजुद पाहुनाको स्वागतमा हरपल लागिरहेकै उपज एक दशकमा क्लब डि नोभोेले धेरै आयामहरु पार गरिसकेको बताउनु

भयो । पाहुनाहरुको लागि सेमी स्वीट, एक्जुकेटिभ डिलक्स, डिलक्स र स्टाण्डर्स गरी ४० भन्दा वढि कोठा, मल्टी कुजिन रेष्टुरेष्ट, बार सेवा उपलव्ध रहेको क्लबले जनाएको छ। जीम हाउस, स्टीम तथा साउना, स्वीमिङ सेवा उपलव्ध गराईएको जनाईएको छ ।३ सय ५० जना क्षमताको सुविधा सम्पन्न सेमीनार हल, मिटिङ हल, व्यङक्विट यस क्लबमा सुविधा रहेको उक्त हस्पीटालिटीले ७० जना भन्दा वढि कर्मचारीलाई प्रत्यक्ष रोजगारको अवसर दिएको छ।प्रवन्ध निर्देशक पाठकले अहिलेको संरचनाका स्वरुपलाई परिवर्तन गरी अझै आकर्षक बनाउन लागेका जानकारी दिनुभयो ।‘ स्तरोन्नती गरी सेवालाई थप गरिदै लैजाने आगामी योजना रहेको छ ।’ उहाले भन्नु भयो ।एक दशक पार गरेको अवसरमा डि नोभोले पाहुनाहरुको लागि छुटको व्यवस्था गरेको छ ।

माघ १ गतेदेखि ७ गते सम्म पाहुनाहरुलाई खाना र आवासमा २५ प्रतिशत छुट गरेको जनाएको छ । क्लबले हेल्थ्य क्लबको मेम्वरसिपमा ५० प्रतिशत सम्म छुट दिने घोषण गरेको छ । दशक पुरा गरेको अवसरमा विभिन्न कार्यक्रम गर्न लागिएको पत्रकार मित्रहरुलाई जानकारी गराउंदछु ।सेवा शुभारम्भ भएको एक दशक पुरा गरेको अवसरमा माघ १ गते मुल कार्यक्रम गरी उत्कृष्ट कर्मचारी तथा सहयोगी प्रतिष्ठान संस्थालाई सम्मान गर्ने, २ गते मानव सेवा आश्रममा रहेका आश्रीतहरुलाई भोजन गराउने र आवश्यक सामाग्री प्रदान गर्ने कार्यक्रम रहेको निर्देशक पाठकले जानकारी दिनुभयो । डेनभोले विगतका वर्षहरुदेखी नै छात्रवृद्धि वितरण कार्यलाई निरन्तरता दिएको छ । यस वर्षपनि छात्रवृत्ति वितरणलाई निरन्तता दिने उहाले बताउनु भयो । भन्नुभयो –सामाजिक उत्तरदायीत्व हाम्रो पनि सरोकारको विषय हो ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया