तरुलको सेबन गर्नाले हुन्छन् यस्ता फाइदै फाइदा

२९ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
51 Shares


काठमाडौं  – नेपाली समाजमा तरुल पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा रहेको छ । तरुल कोही स्वादको लागि खान्छन् भने केहि आफ्नो पेट भर्नको लागि पनि खान्छन् । तर तरुल खानु हाम्रो स्वास्थ्यको लागी फाइदाजनक छ । यसको सेबनले धेरै समस्या समाधान गर्छ।कोरिया लगायत अन्य देशमा पनि यसलाई आयुर्वेदिक औषधिको रुपमा प्रयोग गर्ने गर्छन् । तरुलको सेबन गर्नाले छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्या समाधान हुन्छ ।

प्रशस्त मात्रामा फाइबर पाइने तरुलको सेबनले पाचन प्रक्रिया पनि राम्रो हुन्छ ।यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ । यसको सेबन गर्नाले मस्तिस्कको विकास हुने गर्दछ । यसमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ । त्यसैले तरुलले मुटुलाई धेरै नै फाइदा गर्छ । यसले मुटु रोग लाग्नबाट बचाउछ । यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ । यसको सेबनले शरिरमा उर्जा प्रदान गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया