एउटी आमाले आफ्ना बच्चाका लागि के सम्म गर्छिन् ?

२९ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
34 Shares


एजेन्सी – एउटी आमाको माया कति हुन्छ भन्ने कुरा बारम्बार आउने विभिन्न घटनाले प्रष्ट्याइरहेका हुन्छन् । अब भारतको तमिलनाडुबाट एउटा यस्तै समाचार आएको छ जसलाई पढ्दा सबैको मन भावुक हुन्छ ।३१ वर्षकी एक आमाले त्यहाँ आफ्ना तीन बच्चालाई खाना खुवाउन आफ्नो कपाल मुन्डन गरेकी छिन् । उनले आफ्नो कपाललाई भारतीय १ सय ५० रुपैयाँमा बेचेकी हुन् । यी महिला हुन् प्रेमा । उनका पतिले सात महिनाअघि आत्महत्या गरेका थिए । त्यसपछि उनको आर्थिक अवस्था अत्यन्त कमजोर भएको छ ।यो घटना एक सातअघिको हो । तर, अब सामाजिक सन्जालमा यो विषयले निकै चर्चा पाएको छ ।प्रेमाले मिडियालाई भनेकी छिन्, ‘मेरा पाँच, तीन र दुई वर्षका बच्चा छन् ।

उनीहरु भोकाएका थिए, मैले नातेदार तथा छिमेकी सबैसँग पैसा मागे, सहयोग मागेँ तर कसैले पनि सहयोग गरेनन् । त्यसपछि मैले आफ्नो कपाल बेचेँ ।’उनले एक सय पचासमा कपाल बेचेर सय रुपैयाँमा आफ्ना बच्चालाई खाना किनेको पनि बताएकी छिन् ।उनले दैनिक आएका समस्याका कारण आफूले आत्महत्या पनि गर्ने सोचेको तर नसकेको बताएकी छिन् ।उनको यो अवस्था देखेपछि ग्राफिक डिजाइनर जी बालाले उनको कथा सामाजिक सन्जालमा लेखेका छन् र क्राउड फन्डिङबाट उनलाई सहयोग जुटाएका छन् । अहिलेसम्म यी महिलाका लागि भनेर १ लाख ४५ हजार भारतीय रुपैयाँ मिलिसकेको बताइएको छ ।एउटी आमाले आफ्ना बच्चाका लागि के सम्म गर्छिन्  छैन त, प्रेमको यो कथा प्रेरणादायी

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा