खेलकुदको विकासमा विद्यालयको भुमिका अहमः अध्यक्ष कर्माछिरिङ्ग शेपा

२९ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
36 Shares


बुटवल – अखिल नेपाल फुटवल संघ (एन्फा)का केन्द्रीय अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले खेलकुदको विका लागि विद्यालयको भुमिका अहम हुने बताएका छन् । उनले विद्यालय स्तरमा हुने खेलकुदका क्रियाकलापहरुबाट नै देशका नाम राख्ने खेलाडी उत्पादन हुने भन्दै यसमा विद्यालयहरुको भुमिका ठुलो रहेको बताएका हुन । बुटवल पब्लिक विद्यालयको १८ औ बार्षिक उत्सव तथा अभिभाव दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष शेर्पा ले विद्यालय स्तरमा खेलकुदका विभिन्न क्रियकलापहरुलाई विशेष जोड दिनुपर्ने बताएका हुन । विद्यालय स्तरमा आयोजना गरिएको विभिन्न खेलकुदका क्रियाकलपाहरुबाट नै देश विकासका लागि ठुलो योगदान पुग्ने भएको

भन्दै उनले आधारभुत प्रशिक्षणको काम विद्यालय स्तरबाट नै हुनुपर्ने बताएका हुन ।कार्यक्रममा पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा लगायतले बोल्दै शुभकामना मन्तव्य राखेका थिए ।सोही अवसरमा विद्यालयले लामो समय देखि विद्यालयमा सेवारत शिक्षक, कर्मचारीहरुलाई सम्मान गरेको थियो । यस्तै बर्ष विद्यार्थी समेत सम्मान गरिएको कार्यक्रममा अग्रज पत्रकार दामोदर खनाल, पत्रकार सञ्जु पौडेल, कृष्ण खनाल लाई पत्रकारिता सम्मामान बाट सम्मान गरेको थियो । विद्यालयका संस्थापक अध्यक्ष तथा निर्देशक हेमलाल शर्मा भुषालले विद्यालयको भावि योजनाको विषयमा प्रकाश पार्दे बर्तमानमा विद्यालयले गर्दै आएका विभिन्न क्रियालपाहरुको विषयमा प्रकाश पारेका थिए ।
तस्वीर पनि छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया