मिलन पेट्रोलपम्बाट लाखौं रकम लुटपाट

प्रकाशित मिति:

सबल पोष्ट  – रुपन्देहीको रोहिणी गाउंपालीका ३ , परासीझुमा स्थित मिलन ब्रदर्स पेट्रोल पम्पमा लुटपाट भएको छ । मंगलवार सांझ ७ ः ४० बजे २ वटा मोटरसाइकलमा ४ व्यक्ति आई लुटपाट गरेको ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख हरि रानाले बताए । पम्पको काउण्टरमा आई खुकुरी देखाएर ती लुटेराले , करिब ३ लाख रुपैयां लुटेर फरार भएको उनले बताए । उनले ती लुटेराको खोजी भइरहेको जनाए ।