भुवाचिदी देखि मालिका हुँदै स्वारा जोड्ने मोटरबाटो स्तरोन्नतीको काम चल्दै

प्रकाशित मिति:

कौरव खत्री/गुल्मी-मुसिकोट नगरपालिका वडा नं ६ अन्तर्गत भुवाचिदी देखि मालिका हुँदै स्वारा जोड्ने मोटरबाटो स्तरोन्नतीको काम चलिरहेको छ ।प्रदेश नं ५ सरकारको आर्थिक वर्ष २०७६÷०७७ कार्यक्रम अन्तर्गत ५० लाख बजेटमा अहिले वाटो चौडा सगैं नालि बनाउने काम चलिरहेको मुसिकोट नगरपालिकाका वडा नं ६ का वडाध्यक्ष खड्क बहादुर खड्काले जानकारी दिए ।अहिलेसम्म ९० झण्डै प्रतिशत काम भईसकेको उनले बताए । अहिले भुवाचिदी देखि बेलटारी सम्मको सडक विस्तारको काम भईरहेको छ भने छदारा देखि मालिकाको केही भाग सम्म सडक स्तरोन्नतीको काम सम्पन्न भईसकेको छ ।

अहिले विभिन्न ठाँउमा सडक विस्तार गर्ने, कटिङ्ग गर्ने, र सडकको स्टकचर तथा नाली बनाउने र जालि हाल्ने काम चलिरहेको छ ।सडक विस्तारमा भएमा जिल्लाकै पर्यटकीय स्थलको रुपमा परिचित मालिका मन्दिर र स्वाँराको होम स्टे सम्म पुग्ने पर्यटकलाई सजिलो हुनेछ । त्यस्तै पर्यटक आवागमन पनि सहयोग पुग्ने बताईएको छ ।