टेन्सनको कारण पत्ता लगाउनुहोस र समाधानको बारेमा सोच्नुहोस

१ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


भनिन्छ चिन्ता चिता हो । चिन्ताले तपाइँकको मानसिक विगार मात्र गर्दैन, शारीरिक, पारिवारिक, सामाजिक, सांस्कृतिक, आर्थिक असर पनि पार्दछ । तनावमा विताएको समय हाम्रो छोटो जीवनको अवधिमा खेर गएको समय हो । तर जीवनको उतार चढावमा हामी जति नै प्रायश गर्छौं तनाव मुक्त हुन तर पनि सधै एकैनासको हुदैन । समस्या परिहाल्छ, तनावले घेरिहाल्छ । समस्या बगेरको जिन्दगि त कसैको हुदैन तर त्यसको प्रभावको व्यवस्थापनको तरिका थाहा नहुनाले हामि तनावमा रहिरहन्छौ । स्ट्रेस म्यानेजमेन्ट पनि एउटा कला हो । हामीले तल १५ यस्ता सरल तरिकाहरु सिकाएका छौ जसको मद्दतले तपाई आफ्नो जीवनमा तनावलाइ न्यूनीकरण गर्न समर्थ हुनुहुनेछ ।

१। माया र इज्जत उसलाई देउ जसले तिमीलाई आफ्नो ठान्छ, तिम्रो हरेक सुख-दुखमा साथ दिन्छ बाकी अरु त दर्शक मात्र हो जसले रमिता मात्र हेर्छन ।

२। कति मिठा हुन्छन ति यादहरु जसले हासो र आशु एकैपटक ल्याउने गर्दछ ।

३। कदर गर्न सिक किनकि न त जिन्दगी फर्किएर आउछ न त जिन्दगीमा आएकाहरु नै ।

४। अरुलाई खराव भन्न पहिले आफु असल हुनुपर्दछ ।

५। चुम्बक जस्तै टासिएकाहरु पनि आज खिया लागेको देखेर टाढिएर गए ।

६। संसारमा दुइ ओटा कुराहरु मात्र पाहुना हुन्छन-धन र यौवन । तर, यिनीहरु आउन र जानमा समय लाग्दैन ।

७। आफ्नो त त्यो हो जसले रुन दिदैन ।

८। घरमा मन्दिर नभएर के भो जब घरमा मन्दिर जस्तै मेरी आमा छिन ।

९। सुखमा आफ्ना हजार हुन्छन दुखमा सबै फरार हुन्छन कस्तो संसार बनाएछ दैवले जिउदा जिउदा एक्लै मर्दा मलामी हजार हुन्छन ।

१०। आमा  मलाई दुनिया जित्नु छैन बस तिम्रो मन जित्न पाए हुन्छ ।

११। आमा  मेरो आयु पनि तिमिलाइ लागोस ।

१२। सुखमा ताली बजनेने दश औला भन्दा त दुखमा आशु पुछिदिने एक औला नै ठुलो हुन्छ ।

प्रेरक प्रसंग 

१। यस्तो मान्छेहरुसित कुरा गर्नुस जोसित बोल्दा मन खुशी , प्रफुल्लित र पोजिटिभ हुन्छ ।

२। खुशी हुनेबारे पुस्तक पढ्नुस, मोटिभेसनल गित सुन्नुस ।

३। आफ्नो टेन्सन को कारण कोहि नजिकको साथीलाई शेयर गरेर सुझाब लिनुस ।

४। यो बुझ्नुस कि तपाईं जति Tension  लिनुहुन्छ तपाइको Life मा त्यति नै कठिनाइ आउँछ ।

५। नदि पोखरी या खुल्ला ठाउँ मा उभिएर मा उदाउदै गरेको शुर्य को आराधना गर्नुस ।

६। नेगेटिभ सोच भएको, बढी आलोचना गर्ने र लजित बढी गर्ने मान्छेहरुको माझमा प्राय नबस्नुस ।

। मोटिभेसनल भिडियोहरु डाउनलोड गरेर हेर्नुहोस ।

८। टेन्सन को कारण पत्ता लगाउनुहोस र समाधानको बारेमा सोच्नुहोस ।

९। पानी प्रसस्त पिउनुहोस, किनकी पानीको अभावले पनि स्ट्रेस ल्याउछ ।

१०। यदि फेसवुक जस्ता सामाजिक संजाल चालाउनुहुन्छ भने पनि सदैव सकारात्मक पोष्ट तथा उर्जावान कुराहरु मात्र पढ्नुहोस ।

११। यदि एक्लै हुनुहुन्छ भने  YouTube मा अन्यको संघर्षको कथा पढ्नुहोस, उर्जावान संदेशहरु हेर्नुहोस, र आफ्नो आत्मविश्वासलाइ बढाउदै लैजानुहोस ।

१२। सकेसम्म विगतलाई सम्झने कोसिश नगर्नुहोस, आफ्नो कमजोर पाटोमा पटक्कै ध्यान नदिनुहोस, सधै ख्याल राख्नुहोस् एउटा ढोका बन्द भयो भने अवश्य आर्को खुल्नेछ ।

१३। जीवनमा सकेसम्म सर्त नाजोडनुहोस्,unconditional happiness भन्छन नि यो भइदिएको भए त्यो भइदिएको भन्ने नगर्नुहोस । अनि आफ्नो तुलना अरुसंग गर्दै नगर्नुहोस, संसारमा तपाइँ जे हुनुहुन्छ राम्रो हुनुहुन्छ कसैसँग तुलना गर्नु आवाश्यक छैन ।

१४। कृतिमता छोडेर प्रकृतिमा रमाउनुहोस, प्रकृतिसँग हरेक चोटको मल्हम हुने गर्दछ । हरियाली राम्नुहोस, बादल हेरेर बग्नुहोस, चरा संगै उद्नुहोस, हावासँगै स्वतन्त्र हुनुहोस ।

१५। भावनालाई नियात्रामा राख्नुहोस् । बहकिने मनलाई विवेकको डोरीले कसेर राख्ने प्रयास गर्नुहोस् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया