बिग बोसबाट कति पारिश्रमिक लिन्छन् सलमान खान हेर्नुहोस 

प्रकाशित मिति:

एजेन्सी/टिभी रियालिटी सो बिग बोसको १३ औं सिजन अहिले निकै रोमान्चक मोडमा पुगेको छ । २९ सेप्टेम्बरबाट सुरु भएको बिग बोसको सन्चालन यसपटक पनि अभिनेता सलमान खानले गरिरहेका छन् । त्यसैले यस विषयमा विभिन्न समाचार बाहिर आइरहेका छन् ।

तिनैमध्ये एक समाचार हो— सलमानले लिने त्यसको पारिश्रमिक । सलमान खानले पछिल्ला १० वटा एपिसोडमा काम गरिसकेका छन् । यसबीच आएको समाचार के थियो भने सलमान खानले यसपटक ४ सय करोड रुपैयाँ पारिश्रमिकका रुपमा लिँदैछन् ।तर, पछिल्लो समय फेरि भारतीय रिपोर्टहरुमा यो खबर झुटो भएको समाचार आएका छन् । एक वेबसाइटले चाहिँ बिग बोसको सिजन १३ १५ साता चल्ने र एक साताको सलमान खानले १३ करोड लिनेछन् । यसरी हिसाब गर्दा उनले बिग बोसको यो सिजनमा १९५ करोड लिने त्यो वेबसाइटको दाबी छ ।