युएईमा १८ जना नेपालीसहित २४ जना सवार बस दुर्घटना, ६ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं/युक्त अरब ईमिरेट्स ९युएई०को राजधानी आवुधावीमा १८ जना नेपालीसहित २४ जना सवार मिनिबस दुर्घटनामा परेको छ ।आवुधावी प्रहरीका अनुसार बिहीबार बिहान भएको दुर्घटनामा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । तर, मृत्यु भएका व्यक्तिको राष्ट्रियता र पहिचान खुलेको छैन ।प्रवासी कामदार बोकेको बस र मालवाहक ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ । स्थानीय प्रहरीले लापरवाहीपूर्ण ड्राभिङका कारण दुर्घटना भएको जनाएको छ ।

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुर्घटनामा परेको बसमा १८ जना नेपाली सवार रहेको विषय जानकारीमा आएको उल्लेख गरेका छन् । तर, दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान भने खुल्न नसकेको उनको भनाइ छ ।राजदूत ढकालले फेसबूकमा एक स्टाटस लेख्दै दुर्घटनामा परेको गाडीमा १८ जना यात्रु सवार रहेका उल्लेख गरेका छन् ।