प्रियंका कार्कीको ‘ब्याचलर पार्टी’ थाइल्याण्डमा

प्रकाशित मिति:

काठमाडौँ /नायिका प्रियंका कार्की आफ्ना साथीहरुलाई थाइल्याण्डमा ब्याचलर पार्टी दिने भएकी छिन् । प्रियंकाले सामाजिक सञ्जालमार्फत यो कुराको खुलासा गरेकी हुन् ।उनले एक पोस्ट सार्वजनिक गर्दै ‘कसले बिहे गर्दैछरु’ भनेर फ्यानलाई सोधेकी छिन् । फ्यानले प्रियंकालाई बधाई समेत दिएका छन् ।लामो समयदेखि आयुष्मान देशराज जोशीसँग प्रेममा रहेकी प्रियंकाले बिहे गर्ने संकेत गरेकी छिन् । त्यसो त धेरै अगाडि नै प्रियंका र आयुष्मानले इङ्गेजमेन्ट गरिसकेका छन् ।

इङ्गेजमेन्ट गरे पनि बिहेको विषयमा भने प्रियंकाले छिट्टै गर्ने मात्र बताउने गरेकी थिइन् ।स्रोतका अनुसार प्रियंका र आयुष्मानले सन् २०२० मै बिहे गर्दैछन् । प्रियंकासँगै सहाना बज्राचार्य, सिवांगी प्रधान लगायत थाइल्याण्डमा ब्याचलर पार्टीमा रमाउनेछन् ।