दाङमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

प्रकाशित मिति:

दाङ-  दाङमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। बिहीबार राती पश्चिम हापुरेबाट रगैंजातर्फ जाँदै गरेको रा५प २२६९ नम्बरको मोटरसाइकल बबई गाउँपालिका ६ स्थित चिसापानीमा दुर्घटना हुँदा मोटरसाइकल चालक शान्तिनगर गाउँपालिका ५ काशीपुर का ५२ बर्षिय चोपीलाल के.सीको मृत्यु भएको हो।

केसी दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर लैजाँदै गर्दा राति नै बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ। मोटरसाइकल तीव्र गति भएर अनियन्त्रित हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खिलतपुले जानकारी दिएको छ।