मुस्लिम समुदायलाई यस सरकारले भेदभाव गरेकोमा राष्ट्रीय मदरसा संघ आक्रोसित अन्दोलनको तयारीमा

प्रकाशित मिति:

इमरान खान
कपिलबस्तुर  आश्विन । नेपाल सरकारले सबै तहमा समानुपातिक धारणा ल्याए संगै अल्पसंख्यक मुस्लिम समुदायलाई पनि राज्यको मूलधारमा ल्याउनु पर्ने माग उठाउदै राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय महासचिव मौलाना मसहूद खाँ नेपालीले राज्यले अल्पसंख्यक मुस्लिम समुदायलाई राज्यको समानुपातिक समावेशी सिद्धान्त अनुसार सेना,प्रहरी, शसस्त्र प्रहरी लगायतका अन्य निकायहरुमा कोटा नछुटयाएकोप्रति अक्रोश व्यक्त गरेका छन ।

उनले मदरसाकोसाधारण सभामा बोल्दै अल्पसंख्यक मुस्लिम पनि राज्यमा पछाडि रहेको साथै राष्ट्रको मूलधारमा ल्याउन सरकारले पहल गरेको छैन।जबकि जनसंख्याको आधारमा हेर्दा पनि करिब ४.३९५ प्रतिशत मुस्लिम को बसोबास नेपालमा रहेको औंल्याएका छन । जनसंख्याका आधारमा पनि समानुपातिक सिद्धान्त अनुसार अल्पसंख्यक मुस्लिम समुदायलाई राज्यको मूल प्रवाहिकरणमा ल्याउन उनले जोडदार माग समेत गरेका छन। उनले यो समस्या चाडै समाधान गर्न नेपाल सरकार संग आग्रह समेत गरेका छन ।

त्यस्तै कार्यक्रममै बोल्दै राष्ट्रीय मदरसा संघ नेपाल का अध्यक्ष डा.अब्दुल गनी अलकुफी ले अहिले सम्मा नेपालको अल्पसंख्यक मुस्लिम बहुसंख्यक रुपमा परिरत भई राख्दा यस सरकारको ध्यानाकर्षण भईरखेको छैन । जनअन्दोलनमा पनि मुस्लिमहरुको अहम भुमिका रहेको र कति मुस्लिम समुदायका ब्यतिहरुले शहादत पनि प्राप्त गरे पनि यस सरकारले मुस्लिम समुदायलाई भेदभाव गर्दै आइरहेको छ । यस सरकारले नेपाली मुस्लिमहरुको महान चाडपर्बमा बर्षौ देखि राष्ट्रीय बिदा दिने गरेकोमा अहिले उत बिदा कटौति गरेकोले मुस्लिम समुदाय प्रति नकरात्मक प्रभाव परेकोले यथा सिघ्र बिदा लगायत मुस्लिम समुदयले सरकार संग पाउनु पर्ने सम्पुर्ण सुबिधा यथासिघ्र दिनुपर्ने अग्रह गर्दै यदापी यस सरकारले यसलाई अब्यवस्था गरेमा संघर्षमा जाने बिकल्प मात्र बाँही रहने राष्ट्रीय मदरसा संघ नेपाल का अध्यक्ष डा.अब्दुल गनी अलकुफी बताए।