समाजवादी पार्टीको संगठन बिस्तार तथा सुद्ढीकरण अभियान कपिलवस्तुबाट शुरु

प्रकाशित मिति:

इमरान खान/कपिलवस्तु –  “संघियता, सुशासन, समृद्वि, समाजबाद” नाराका साथ कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाको नगरपालिका हलमा आज समाजवादी पार्टी प्रदेश नं. ५ को आयोजनामा संगठन बिस्तार तथा सुद्वढीकरण अभियान उदघाटन एवम अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको सुरुवात कपिलवस्तु जिल्लाबाट गरिएको छ । कार्यक्रमको अध्यक्षता समाजवादी पार्टी प्रदेश नं. ५ का अध्यक्ष अशोक यादवले गर्नु भएको थियो भने प्रमुख अतिथिहरुमा समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष नवराज सुबेदी, सांसद सन्तोष पाण्डेय, पुर्ब सांसद कमला बिश्वकर्मा, प्रदेश नं. ५ प्रदेश सभासद सहसराम यादव, प्रदेश नं. ५ का प्रदेश सह इन्चार्ज नबिन सुनवार, प्रदेश नं. ५ का युवा नेता एवम पार्टी प्रवक्ता अकरम पठान, प्रदेश नं. ५ की सचिव हिमानी थापा मगर तथा प्रदेश इन्चार्ज एवम पुर्ब मन्त्रि दान बहादुर चौधरी, शैलेन्द्र कुमार यादवको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालक प्रदेश नं. ५ का प्रदेश मुख्य सचिव यज्ञ पोख्रेलले गर्नु भएको थियो ।