जितिया मेला महोत्सव २०७५ अन्र्तगत विभिन्न सास्कृती कार्यक्रमहरु सम्पन्न,

प्रकाशित मिति:

टेक थारु,  नवलपरासी  \ थारु महिलाहरुको महानपर्व जितिया पर्वको अवसर पारि वडा स्तरिय युवा तथा खेलकुद सञ्जाल सरावल १ को आयोजना तथा हरियाली जनकल्याण सँस्था सरावल १ भगडाको सहआयोजनामा बुधबार ५ औँ जितिया मेला महोत्सव २०७५ अन्र्तगत विभिन्न सास्कृती कार्यक्रमहरु भगडामा सम्पन्न भएको छ । हरियाली जनकल्याण सँस्था सरावल १ भगडाका अध्यक्ष अनिल चौधरीको अध्यक्षता एवं प्रदेश नम्बर ५ का भौतीक पुर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि मन्त्री चौधरीले थारु सस्कृती जर्गना गर्न आफ्नो पुर्ण सहयोग रहेको बताउदै उहाँले थारु जातजातिको हकहितको लागी प्रदेश नम्बर ५ ले सदैव सहयोगको लागी तैयार रहेको बताउनुभयो । साथै उहाँले यस्ता सास्कृती कार्यक्रमहरुबाट प्रत्यक जातजातिहरुको मौलिक पहिचान स्थापित हुने जिकिर गर्दै उहाँले जितिया पर्वको अवसरमा सम्पुर्णलाई शुभकामना समेत दिनुभएको थियो । त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिको रुपमा रहनुभएका सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरी, सामुदायिक रेडियोका अध्यक्ष नारायन पाण्डे, सरावल गाउपालिकाका प्रशासकिय अधिकृत झविन्द्र चौधरी, सरावल वडा नम्बर २ का वडाध्यष शम्भु चौधरी, अतिथिहरु धनिराम भुषाल लगाएतले कार्यक्रममा आ आफ्नो भनाई राख्नुभएको थियो । सो अवसरमा थारुहरुको पहिचान कायम गर्ने तथा थारुहरुको भेषभुषामा आधारित विभिन्न समुहद्धारा नृत्य प्रस्तुत गरिएको थियो भने जिल्ला भरि बाटै करिब २५ वटा झमटा समुहले आ आफ्नो प्रस्तुती देखाएका थिए । कार्यक्रममा थारु परिकारले कार्यक्रमको विशेष शोभनिय र आकर्षक रहेको साथै गत असोज १४ गते देखी सुरु गरिएको भलिबल प्रतियोगिता पनि कार्यक्रमको आकर्षणको केन्द्रविन्दु रहेको आयोजकले जनाएको छ । उक्त मेला महोत्सवमा पश्चिम नवलपारसीका सारवल, सुनवल, रामग्राम, पाल्हीनन्दन, बर्दघाट, प्रतापपुर, सुस्ता गरि सात वटै स्थानिय तहका दर्शकहरुको ठुलो सख्यामा उपस्थिती रहेको थियो भने पुर्वी नवलपरासीका पनि केही स्थानिय तहका दर्शकहरु र रुपन्देहीका पनि दर्शकहरुको उल्लेख्य उपस्थिती रहेको आयोजककको दाबी छ । उक्त कार्यक्रमको सञ्चालन समुहका ईन्द्र चौधरी र चेतनारायन चौधरीले गर्नुभएको थियो ।