अस्ताए विश्वकै  होचा खगेन्द्र थापा 

प्रकाशित मिति:

काठमाडौं/विश्वकै होचा व्यक्ति बाग्लुङका खगेन्द्र थापा मगरको मृत्यु भएको छ ।थापा मगरको शुक्रबार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । निमोनियाले बिरामी भएका थापालाई उपचारको लागि बिहीबार मणिपाल अस्पताल लगिएको थियो ।मणिपाल अस्पतालको सघन उपचारकक्ष ९आइसियु०मा भर्ना भएका थापा मगरलाई शुक्रबार दिउँसो मृत्यु भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले जानकारी दिए ।

जन्मँदा ६०० ग्राम तौलका खगेन्द्रको तौल विश्व रेकर्ड राख्दा ५।५ किलोग्राम थियो । उनले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वरल्ड रेकर्ड’मा नाम लेखाएका थिए ।