आमा’ को अष्ट्रेलिया र अमेरिका रिलिज घोषणा

प्रकाशित मिति:

काठमाडौँ /दर्शकको मनमस्तिष्कमा बस्न सफल ‘पशुपति प्रसाद’ जस्तो यादगार फिल्म पस्किएर आफूलाई अरु निर्देशकभन्दा भिन्न रुपमा उभ्याएका दीपेन्द्र के। खनाल पुनः मनछुने फिल्म लिएर आएका छन् । उनी निर्देशित नयाँ फिल्म ‘आमा’ आउँदो फागुन ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो फिल्मको ट्रेलर अहिले निकै चर्चामा छ । ट्रेलरलाई दर्शकबाट उम्दा प्रतिक्रिया मिलेको छ ।आमा र छोरीबीचको भावनात्मक सम्बन्धको कथा भन्ने फिल्मले गहन विषय उठाएको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । मनछुने ट्रेलर सार्वजनिक भएपछि अहिले विदेशमा यो फिल्मको माग चुलिएको छ । विभिन्न कम्पनीहरु फिल्मको विदेश प्रदर्शन अधिकार लिन हानाथाप गरिरहेका छन् । यसबीच, फिल्मको अष्ट्रेलिया र अमेरिकाको राइट्स निर्माण टिमले महँगोमा बिक्री गरेको छ ।

निर्देशक दीपेन्द्र के। खनालले नेपालमा प्रदर्शन भएको दिन नै अष्ट्रेलिया र अमेरिकामा पनि ‘आमा’ एकसाथ प्रदर्शन हुने जानकारी दिए । अन्य देशमा पनि फिल्म प्रदर्शनका लागि केही दिनयता विभिन्न कम्पनीका व्यक्तिहरुसँग कुराकानी भैरहेको उनले बताए । उनी ट्रेलर सार्वजनिक भएपछि विदेशमा फिल्मको माग चुलिएको बताउँछन् । यो फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् । सुरक्षा पन्त र मिथिला शर्माको प्रमुख भूमिका रहेको फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको गीत भुपेन्द्र खड्काले लेखेका हुन् । काठमाण्डौ र रामेछापमा खिचिएको फिल्मका सह(निर्मातामा सन्तोष अधिकारी छन् । सुभाष भुषालको संगीत रहेको फिल्मको अधिकांश दृश्य पानीमा खिचिएको हो ।