दोस्रो एक दिवसीय क्रिकेटमा अस्टेलिया पराजित

प्रकाशित मिति:

काठमाडौं/ घरेलु टोली भारतले दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टिम अस्टेलियालाई पराजित गरेको छ ।राजकोटमा शुक्रबार भारतले अस्टेलियालाई ३६ रनले पराजित गरेको हो । जितसँगै भारतले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । यस अघि भएको पहिलो खेलमा अस्टेलियाले १० विकेटको जित निकालेको थियो ।भारतले दिएको ३ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अस्टेलिया ४९ ओभर १ बलमा अलआउट हुँदै ३ सय ४ रनमा समेटियो ।अस्टेलियाका स्टिभ स्मिथले ९८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मार्नुसले ४६ रन जोड्दा कप्तान आरोन फिन्चले ३३ रन बनाए ।

यस्तै एस्टोन अगरले २५ तथा केन रिचर्डसनले अविजित २४ रन बनाए । भारतका मोहमद शामीले ३ विकेट लिए । यस्तै नापदिप शैनी, रबिन्द्र जेडेजा र कुलदिप यादबले २र२ विकेट लिए ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४० रन बनाएको थियो । भारतका लागि शिखर धवनले ९६ रनको अर्धशतकीय इनिङ्स खेल्दा लोकेश राहुलले ८० रनको अर्धशतकीय इनिङ्स खेले ।कप्तान विराट कोहलीले ७८ रन बनाउँदा रोहित शर्माले ४२ रन बनाए । अस्टेलियाका एडम जाम्पाले ३ तथा केन रिचर्डसनले २ विकेट लिए ।