‘रावण संहिता’छन् यस्ता मनुष्य कल्याणका उपाय

४ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
3K Shares


काठमाडौँ /रामायणकालका एक मुख्य पात्र हुन्– रावण । राक्षसका रुपमा परिचय बनाएका रावण महाज्ञानी तथा प्रकाण्ड विद्वान थिए । यसमा द्विविधा छैन । लंकाका अधिपती रावणले तीनै लोकमा विजय प्राप्त गरेका थिए ।रावण आफैले आफ्नो ज्ञानलाई रावण संहिता रचना गरी लिपिवद्ध गरेका थिए । रावणद्वारा रचित यस ग्रन्थमा उनको जीवनका बिषयमा बताइएको छ । ज्योतिषशास्त्र र आयुर्वेदसंग जोडिएको रावण संहितालाई ज्ञानको भण्डार मानिन्छ ।यसका साथै रावण संहिताले ज्ञानका क्षेत्रमा महत्वपूर्ण योगदान समेत गर्दछ । यसमा केही यस्ता खास ज्ञान दिइएको छ, जसको पालन गरे मात्र पनि मनुष्यको जीवन सफल हुने मान्यता छ ।

रावण संहितामा रावणले भनेका छन्, जो व्यक्ति आफ्नो प्रशंसा वा स्तुती सुन्ने चाहना राख्छन् ति व्यक्तिलाई कहिल्यै सफलता प्राप्त हुँदैन । प्रशंसा सुन्न मानिसको कर्म उपयोगी हुन्छ बल हुँदैन । त्यस्तै कुनै व्यक्तिले अप्ठेरो परिस्थितिमा आफ्नो गुरुलाई छाड्दछ उ श्रापत हुने रावण संहितामा उल्लेख छ ।गुरुको मार्ग अपनाउने तर अप्ठेरोमा साथ छाड्नेहरुको कहिल्यै कल्याण हुँदैन । रावण संहितामा जो व्यक्ति अरुको सम्पत्ति वा समृद्धि देखेर जल्दछन् ति व्यक्ति यस दुनियाँमा एक गरिबका समान हुने बताइएको छ ।रावणका अनुसार कुनै पनि कार्य गर्नु अघि व्यक्तिले आफूलाई हमेशा विजेता मान्नु पर्दछ । रावण संहितामा रावण आफूले हनुमानलाई सानो सम्झिएर भूल गरेको र त्यही कारणले सुनको लंका नास भएको भन्दै दुष्मनलाई कहिल्यै सानो मान्न नहुने बताइएको छ ।रावण संहितामा हमेशा पूर्वजलाई सम्मान गर्नुपर्ने र पूजाकर्म गर्दा आफू भन्दामाथि अर्को कोही छ भन्ने ध्यान राख्नु पर्ने लेखेका छन् । पूर्वजलाई आदर गर्नेहरुले कहिल्यै जीवनमा असफलता भोग्नु नपर्ने उल्लेख छ ।संहितामा कुनै पनि विवाहित पुरुषले आफ्नो पत्नीलाई कठोर र दुर्भावनापूर्ण शब्द प्रयोग गर्न नहुने बताइएको छ । पत्नी पतिका लागी आधा हिस्सा हुने भएकाले पत्नी भन्दा नजिकको शुभचिन्तक अरु कोही नहुने रावण संहितामा रावणले लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया