प्रधानमन्त्री ओली र मोदीले भिडियो कन्फ्रेन्समार्फत आईसीपीको उद्घाटन गर्ने

४ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
12 Shares


काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा विराटनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार बिन्दु आईसीपी उद्घाटन गर्ने भएका छन् ।प्रधानमन्त्रीद्वय ओली र मोदीले माघ ७ मा संयुक्त रूपमा आईसीपीको डिजिटल  भिडियो कन्फ्रेन्स मार्फत उद्घाटन गर्ने भएका हुन् ।प्रधानमन्त्री ओली सिंहदरबारको वार रुमबाट र मोदीले दिल्लीबाटै भिडियो कन्फरेन्समा जोडिने तयारी भएको छ ।उद्घाटनका क्रममा भारतीय सहयोगमा निर्माण भएका भूकम्प प्रतिरोधी घरसमेत हस्तान्तरण हुने कार्यक्रम रहेको बताइएको छ ।

भारतीय सहयोगमा ०७२ सालको भूकम्पले क्षतिग्रस्त गोरखामा २७ हजार घर पुनर्निर्माण भएका छन् । भारतले नुवाकोट र गोरखामा गरी ५० हजार निजी आवास निर्माणमा सहयोग गरेको प्राधिकरणले जनाएको छ ।यसअघि गत सेप्टेम्बर १० मा नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको भारतीय प्रधानमन्त्री मोदीले दिल्लीबाटै तथा प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै भिडियो कन्फ्रेन्समार्फत संयुक्तरूपमा उद्घाटन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • भोलिदेखि साझा यातायातले लामो दूरीका गाडी सञ्चालन गर्ने
  • नेकपा सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक
  • निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माण सुरु
  • आजबाट रा.वा. बैंकको सनराइज क्यापिटलमा रहेको सवा ४ लाख कित्ता…
  • समृद्धि फाइनान्सको २००% हकप्रद असोज १६ बाट निष्कासन हुने, कहिलेसम्मका…
  • सहकारीमा पनि घट्ने भयो ब्याजदर, यस्तो छ नयाँ व्यवस्था
  • समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार आजदेखि, साढे ३९ करोड…
  • बिपि बिचार राष्ट्रिय समाज रुपन्देहीको कार्यसमिति बिस्तार, सदस्यमा पोखरेल मनोनित
  • सतोगुण : संयमित, सन्तुलित र श्रेष्ठ जीवनका लागि
  • आज  मंगलबारको राशिफल