विमान खसालेको विषयमा सर्वोच्च नेता खामेनीद्वारा इरानी सेनाको बचाउ

४ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
20 Shares


एजेन्सी/ इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले देशको सेनाको बचाउ गरेका छन् ।इरानी सैनिकले जनवरीको सुरुमा आफूबाट गम्भीर मानवीय त्रुटी भएको र आफूले प्रहार गरेको मिसाइलका कारण युक्रेनी विमान खसेको स्वीकार गरेको थियो ।इरानको राजधानी तेहरानबाट जनवरी ८ को बिहान चालकदलका सदस्यसहित १ सय ७६ रहेको युक्रेनी विमान किएभका लागि उडेको थियो । उडेको केहीबेरमै विमान दुर्घटनामा परेको थियो । विमानमा रहेका सबैको ज्यान गयो ।

सुरुका केही दिन इरानले आफ्ना कारण विमान दुर्घटनामा परेको भन्ने अस्वीकार गरेको थियो । तर पश्चिमा मिडियाहरूले भिडियो फुटेज नै सार्वजनिक गरेपछि इरानी सेनाले गल्ती भएको स्वीकारेको थियो । सेनाले भनेको थियो कि आफूले भुलवश प्रहार गरेको मिसाइलका कारण विमान खसेको थियो ।मानवीय त्रुटीका कारण दुर्घटना भएको भन्दै सेना तथा इरानी राष्ट्रपति हसन रुहानीले माफी पनि मागे । त्यसपछि तेहरानसहितका शहरमा सरकारविरूद्ध प्रदर्शन भयो ।तर सर्वोच्च नेता खामेनीले शुक्रबार तेहरानमा प्रार्थनापछिको सम्बोधनमा आफू इरानी सेनाको पक्षमा रहेको बताएका हुन् । युक्रेनी विमान दुर्घटनामा कारक रहेको इरानको विशिष्ट सैन्य दस्ता द रेभोलुसनरी गार्डले इरानको सुरक्षा व्यवस्था कायम गर्नका लागि काम गरेको बताएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेकपा सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक
  • निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माण सुरु
  • आजबाट रा.वा. बैंकको सनराइज क्यापिटलमा रहेको सवा ४ लाख कित्ता…
  • समृद्धि फाइनान्सको २००% हकप्रद असोज १६ बाट निष्कासन हुने, कहिलेसम्मका…
  • सहकारीमा पनि घट्ने भयो ब्याजदर, यस्तो छ नयाँ व्यवस्था
  • समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार आजदेखि, साढे ३९ करोड…
  • बिपि बिचार राष्ट्रिय समाज रुपन्देहीको कार्यसमिति बिस्तार, सदस्यमा पोखरेल मनोनित
  • सतोगुण : संयमित, सन्तुलित र श्रेष्ठ जीवनका लागि
  • आज  मंगलबारको राशिफल
  • पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई लगाम लगाउन वडा अध्यक्ष एकजुट