मृत अवस्थामा चितुवा फेला

प्रकाशित मिति:

पोखरा /पोखरा महानगरपालिका–१३ आर्वास्थित रतनपाण्डे स्कूल नजिकै कच्ची सडकमा शनिवार बिहान मृत अवस्थामा चितुवा फेला परेको छ ।मृत अवस्थामा भाले चितुवा देखेपछि स्थानीयले वन कार्यालयमा खबर गरेको पत्रकार श्रीराम सिग्देलले जानकारी दिए ।

चितुवाको शरीरमा घाऊ देखिएकाले अर्को चितुवासँगको आक्रमणमा मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । अहिले प्रहरी र जिल्लावन कार्यालयका कर्मचारीले मृत चितुवालाई उठाएर कार्यालयमा लगेको उनले बताए ।के कारणले चितुवाको मृत्यु भएको हो, पोस्टमार्टमपछि मात्रै खुल्ने वन कार्यालयले जनाएको छ ।