स्थगित भएको सैनामैना महोत्सव पुनः सुचारु

४ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
25 Shares


सैनामैना/रुपन्देहीको सैनामैनामा ४ मुर्गिया स्थित रंगशालामा चलिरहेको सैनामैना महोत्सव आज देखि पुनः सुचारु भएको छ । वर्षाका करण शुक्रबार सबै कार्यक्रम स्थगित भएका थिए ।‘आर्थिक विकासका राष्ट्रिय आधार ः कृषि, पर्यटन,उद्योग र व्यापार’ भन्ने मुल नाराका साथ चौथो राष्ट्रिय सैनामैना कृषि,पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७६ पौष २४ गते देखि माघ ६ गते सम्म संचालन भैरहको छ ।आज शनिबार महोत्सव सुरु भए संगै कालिप्रसाद बास्कोटा, इन्दिरा गैरे लगाएत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति तथा संस्कृतिक कार्यक्रम रहने संघका महासचिव दिपक अधिकारीले जानकारी दिनु भयो ।

भोलि आइतबार प्रकाश सपुत, बाल गायिका कमला घिमिरे पुरुषोत्तम पौडेल, विधान कार्की लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।डन्सिङ्ग आईडलमा ६ जना विच प्रतिशप्रधाहुने र ५ जनालाई छनौट गरिने आयोजकको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया