मुलुकमा विद्रोहको झण्डा बोक्न आवश्यक नरहेको:मुख्यमन्त्री शंकर पोखरेल

४ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
77 Shares


रामु भुषाल / नवलपरासी – नेपाल स्काउटले प्रदेश स्तरीय स्काउट आधारभुत तालीम प्रदेश नम्बर ५ को पुर्वी प्रवेशद्धार बर्दघाटमा अवस्थित सशस्त्र प्रहरी, सिमा सुरक्षा तालीम केन्द्र बर्दघाट पश्चिम नवलपरासीमा शनिबार एक कार्यक्रमका बीच सुरु गरेको छ । नेपाल स्काउटका राष्ट्रिय समयोजक लोक बहादुर भण्डारीको अध्यक्षता तथा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा तालिम समु्घाटन भएको हो । तालीमको समुद्घाटन गर्दै मुख्य मन्त्री पोखरेलले हाम्रो मुलुक वातावरणिय दृष्टी कोणले अत्यन्त संवेदनशिल तथा दैविक र प्राकतीक हिसाबले उच्च जोखिममा रहेको र सो ब्यवस्थापनका लागी राष्ट्रका सुरक्षा निकायले मात्र नपुग्ने हुदा राष्ट्रिय स्वयं सेवकको आवश्यकता औल्याउनुभयो । साथै उहाँले सडक दुर्घट्ना, बाढी पहिरो, भुकम्प, आगजनी जस्ता अकल्पनिय विपतका वेला राज्यका औपचारीक संगठनहरुले मात्र त्यसको ब्यवस्थापन गर्न नसक्ने भएकाले स्काउट जस्ता नागरीक स्तरका संगठनहरुको सहयोग चाहिने बताउदै मन्त्री पोखरेलले नेपाली समाजको ब्यवस्थापनका लागि विभिन्न खालका नागरीक संगठन अपिहार्य रहेको समेत बताउनुभयो । फरक प्रसंगमा बोल्दै मन्त्री पोखरेलले अब मुलुकमा विद्रोहको झण्डा बोक्न आवश्यक नरहेको हुदा देश प्रगति तर्फ लम्किरहेको  र जनता चुनेका जनप्रतिनिधिहरुले लोकतान्त्रिक सविंधान निर्माण गरेकाले सो सविंधानलाई कार्यान्वयन गर्दै सिंगो राष्ट्र समृद्ध र विकास यात्रामा जोडिनुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै प्रदेश ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले स्काउटको माध्यमबाट स्वयंसेवी भावनालाई सृजना गर्दै विपतको बेला स्वयंसेवी युवाहरुलाई परिचालन गर्नुपर्ने बताउदै राष्ट्रकोे समृद्धीको प्रमुखको आधार युवा शक्तिलाई जोगाई राख्न र युवालाई कुलतबाट जोगाउन स्काउटले महत्वपुर्ण भमिका खेल्नुपर्ने बताउनुभयो ।सोही अवसरमा बोल्दै युवा तथा खेलकुद् मन्त्रालयका सचिव राम प्रसाद थपलियाले युवाहरु अधिकार संगै कर्तब्यका लागि पनि तयार रहनेछन भन्दै सरकारले लिएको यस वर्षको युवा परिचालन वर्षको शुरुवात प्रदेश नं. ५ ले गरेकोमा धन्यवाद समेत प्रकट गर्नु भएको थियो ।त्यसैगरी सोही कार्यक्रममा प्रदेश सभा सत्तापक्षका प्रमुख सचेतक भुमिश्वर ढकालले समाज रुपान्तरणका लागि युवाहरुको मुख्य भुमिका रहने बताउदै अब प्रदेशका सबै पालिकाहरुमा स्काउट गठन हुने र विकृती र विसंगतीका विरुद्ध सचेत गराउने समेत धारणा राख्नु भएको थियो । कार्यक्रममा प्रदेश सभा प्रतिपक्षका सचेतक निमर्ला क्षेत्री, प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारी, बलराम अधिकारी, बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्याल, बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदी लगाएतले आ–आफ्ना धारणा राख्नुभएको थियो । सो अवसरमा प्रदेश नम्बर ५ का १ सय ९ स्थानिय तहबाट ६ सय ३ जना प्रशिक्षार्थी सहभागि रहेको र उनिहरुलाई १ सय १० प्रशिक्षकले प्रशिक्षण दिने छन । माघ ८ गते सम्म संचालन हुने उक्त तालीममा स्काउटका समयोजक लोक बहादुर भण्डारीको स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रमका सञ्चालन स्काउटका निर्देशक राम प्रसाद भट्राईले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया