बाणगंगा नगर स्तरीय माघी महोत्सव सुरु

प्रकाशित मिति:

कमल चौधरी/कपिलबस्तु – कपिलबस्तुमा बाणगंगा नगर स्तरिय दोस्रो माघी (खिचडी) महोत्सव तथा नयाँ बर्ष–२०७६ शनिबार देखि सुरु भएको छ । थारु कल्याणकारिणी सभा बाणगंगा नगर कार्य समिति कपिलबस्तुको आयोजनामा बाणगंगा न.पा.–११ शिवरात्री मेला स्थल कपिलबस्तुमा शुरु भएको मेला ३ दिन सम्मा चन्ने छ ।“थारु संस्कृतिके संरक्षण, सम्बद्र्धन वो प्रवद्र्धनके खातीर हम्मन अभियान न्याँय, सामानता आउर पहिचान सहितके थारुहट स्वायत्त प्रदेशके निर्माण” भन्ने मुल नारा सहित दोस्रो माघी महोत्सव सुरु गरिएको हो ।महोत्सवलाई बाणगंगा नगर प्रमुख मंगल प्रसाद थारुले उद्घाटन गर्दै थारु समुदायको चाड पर्वहरुलाई संरक्षण र प्रवद्र्धन गर्दै जानुपर्ने बताउँनुभयो ।उहाँले पछिल्लो समय थारु समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिमा परिवर्तन आएको भन्दै यसलाई अब युव पुस्तहरुले यसको संरक्षण र प्रवद्र्धनमा विशेष भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले थारु समुदायहरु एकताको सन्देश दिनको लागी विभिन्न स्थानहरुमा माघी महोत्सव अयोजना गर्नुभन्दा कुनै एक ठाउँमा भव्य रुपले मनाउँनु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य सुमित्रा थारुले थारु जाति समुदायको हक अधिकार सुनिश्चित गर्नको लागी सम्पूर्ण थारु अगुवा, बुद्धिजिवी, समाजसेवी एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कर्यक्रममा प्रतिनिधी सभा सदस्य एंवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य अतहर मुसलमान, पूर्व मन्त्री तथा पूर्व राजदूत दिपकुमार उपाध्य, नेपाल ब्रर्दस विजनेस हाउसका म्यानेजिङ्ग डाईरेक्टर धु्रव प्रसाद नेपाल, नेकापका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, बाणगंगा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सन्तराम रौतार, कंचन गा.पा. वडा अध्यक्ष तथा गायककार हरि नारयण थारु, नागरिक समाजका जिल्ला अध्यक्ष डोलख बहादुर पक्षाई, समाजसेवी सर्जु चौधरी, राम शंकर चौधरी लगातले बोल्दै थारु समुदायको भेषभुषा, भाषा, कला र संस्कृतिको संरक्षण तथा संम्बर्धन गर्न आ–आफ्नो ठाउँबाट विशेष भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले संस्कृति हाम्रो पहिचान रहेको भन्दै कुनै पनि जाति समुदायको भाषा, धर्म र संस्कारहरुलाई संरक्षण गर्न एक जुट हुनुपर्नेमा बताउँनुभयो ।

कार्यक्रममा थारु समुदयको पहिचान झल्कीने झाँकी प्रर्दशन गर्नुको साथै विभिन्न किसिमको थारु नृत्यहरु प्रदर्शन गरिएको थियो । कार्यक्रम थारु कल्याणकारीणी सभाका नगर अध्यक्ष भग्गु प्रसाद थारुको अध्यक्षता, उपाध्यक्ष रिता थारुको स्वागत तथा द्वय राजेश चौधरी र सिर्जना चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । माघी महोत्सव माघ २ देखि ४ गते (तीन दिन) सम्म चल्ने छ । आईताबार देखि झुमरा, झर्र्रा, सजनी, बिरहनी, मयूर नाँच, लाठी नाच, नृत्य लगायत खुल्ला डान्स प्रतियोगिता हुने अयोजनले जनाएको छ । त्यस्तै महोत्सवमा थारु खानाको परिकारहरु ढिकरी, घोङ्गी, खरियाँ, बरियाँ, खुर्मा, गेङ्गतक पाकउरी लगायत खानाहरु महोत्सवका मुख्य अकार्षणहरु रहेका छन् । पहिलो दिन मात्र महोत्सवमा हजारौंको संख्यमा दर्शकहरुघो घुईचो लागेको थियो । महोत्सवमा गयकार हरिनारयण र थारु रेकर्ड डन्सले दर्शकहरु झुमेका थिए ।