राष्ट्रियसभा निर्वाचनमा राजपाको ह्विप

प्रकाशित मिति:

काठमाडौं/ माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी राजपा ले ह्वीप जारी गरेको छ ।प्रदेश नम्बर दुईमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग तालमेल गर्दे दुई(दुई सिट बाँडेर उम्मेदवारी दिएको राजपाले गठबन्धनबाट चार जनालाई नै निर्वाचित गर्न अनिवार्य रूपमा मतदान गर्न आफ्ना मतदातालाई निर्देशनात्मक ह्वीप जारी गरेको हो ।शनिबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकपछि अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले विज्ञप्ति जारी गर्दै राजपाका मतदातालाई अत्यावश्यक निर्देशन ह्विप लगाएका हुन् ।

‘गठबन्धनमा रहेका चार जना उम्मेदवारलाई विजयी बनाउन निर्वाचनमा राजपा नेपालका मतदातालाई ह्विप जारी गरिन्छ,’ महतोले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।प्रदेश नम्बर दुईमा नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालले पनि गठबन्धन गरेका छन् । समाजवादी पार्टीले नेकपा–राजपा गठबन्धनबाट मत खोस्न सकिने बताइरहेको बेला राजपाले आफ्ना मतदातामा ह्वीप जारी गरेको हो ।