नव प्रभात सामुदायिक वन उपभोक्त समुह टोल नं ३ को निर्वाचन रद्द’

प्रकाशित मिति:

कपिलबस्तु / बाणगंगा नगरपाकिला वडा नं. ८ मा रहेको नव प्रभात सामुदायिक वन उपभोक्त समुह टोल नं ३ को निर्वाचन रद्द भएको छ । सामुदायिक वनका टोल समूहहरु मध्येबाट १ जना महिला अनिवार्य सहित २ जना सामुदायिक वनको मूल कार्य समितिमा हुनैपर्ने प्रावधान रहेको छ । त्यही अनुसार नवप्रभात सामुदायिक वन उपभोक्ता समुहका ५ वटा टोलहरु मध्य टोल नं ३ मा महिला र पुरुष २÷२ जनाको उम्मेद्वारी परेपछि चुनावी प्रकृया अगाडी वढेको थियो ।

ईश्रवरी प्रसाद न्यौपानेको संयोजकत्वमा ३ सदस्यीय समिति रहेको निर्वाचन मण्डल समक्ष माघ १ गते सन्तोष मरासिनी, सन्तबहादुर पौडेल, शान्ता ढुङ्गाना र नमकला ढकालको दिउसो २ बजेसम्म मनोनयन दर्ता भएको थियो । ३ बजेदेखी ३ः१५ सम्म दावी वरोध गर्न पाईने नियमसंगै ३ः१० मा प्रतिद्धन्द्धी सन्तबहादुर पौडेलले सन्तोष मरासिनी माथि फौजदारी अभियोग रहेको लिखित दावी परोध पेश गर्नुभयो । सोही अनुसार ईश्रवरी प्रसाद न्यौपानेको संयोजकत्वमा ३ सदस्यी समिति रहेको निर्वाचन मण्डलको छलफल हुँदाहुदै गर्दा ने.क.पा वडा नं. ८ का सदस्य सन्तोष खत्रीले बल जस्ती माइनट र दावी विरोध पत्र समेत लिएर नर्वाचन हुन नदिएको नव प्रभात सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जगन्नाथ भण्डारीले जनकारी दिए ।निर्वाचनको दावी विरोधका बेला अकस्मात हातबाटै निर्णय पुस्तिका र दावी विरोध पत्र खोसेर निर्वाचन हुन नदिएको प्रति निर्वाचन मण्डलले दुःख व्यक्त गरेको छ । वि.स. २०७५ सालको फागुनमै अधिवेशन हुनपर्ने भएता पनि उचित विधान नभएका कारण सामुदायिक वनको अधिवेशन हुन सकेको छैन । जिल्ला वन कार्यलयबाट विधान स्वीकृत गरे पश्चात टोल टोलमा मनोनयन दर्ता सुरु गरिएको हो ।