ज्ञानेन्द्र अधिकारिको नया बिद्रोह नामक गीत सार्बजनिक

५ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
16 Shares


मनोज कार्की – नेपाली गीत संगीतको क्षेत्रमानै धक्का लगाउने गरि ज्ञानेन्द्र अधिकारिको नया बिद्रोह नामक गीत सार्बजनिक भएको छ । घर देश बाट प्रदेशमा गएका हजारौं प्रदेशिको पिडालाइ गीतको माध्यमबाट यथार्थ चित्रण गर्न खोजिएको छ ।बिदेशमा गरिएको दुख अनि काम गरे नेपालमा पनि के हुदैनर भनेर गीत मार्फत सबै बिदेशीएका युवाहरुलाइ नेपाल फर्काउने हेतुका गीत बजारमा ल्याइएको गायक ज्ञानेन्द्र अधिकारीले जानाकारी दिए ।निरंकुश राज्यसत्ताले जनताको हितमा काम नगरेको भन्दै हजारौं नेपालीले बलिदानी गरेर यो व्यवस्था ल्या एको १५ वर्ष पुगेको छैन । तर यो व्यवस्था ढाल्न भन्दै खुलेआम गीत मार्फत आह्वान गरेर वर्तमान बहुमतको सरकारलाई चुनौती दिन थालिएको छ ।

राष्ट्रवादी केन्द्र नेपालका नेता रहेका ज्ञानेन्द्र अधिकारीले युवाहरुलाई विदेशमा बेच्ने व्यवस्था ठीक नभएकोले ढाल्नुपर्छ भन्दै गीतमा आह्वान गरेका छन् । अष्ट्रेलिया, युरोप, अमेरिका देखि खाडी मुलुकसम्म दुःख गर्ने नेपालीलाई यो व्यवस्था ढाल्नुपर्छ भन्दै स्वदेशमा फर्कन आह्वान गरिएको छ ।गीत बजारमा सार्बजनिक भएपछि पछिल्लो बजार तथा सामाजिक समयमा सान्जालमा थुप्रै तर्क तथा आलोचना भइरहेको पाइन्छ । बिदेशमा रगत र पसिना बगाएर अरुको देश वनाउन भन्दा नेपालमै केही गरौं भन्ने भावना र बिदेशीएका नेपालीहरुको यर्थाथता चित्रण गरिएको बिद्रोह नामक गीतले वजारमा राम्रो प्रतिक्रिया पाइरहेको अधिकारिले वताएका छन् ।बिद्रोह गीतमा शब्द , लय र स्वर ज्ञानेन्द्र अधिकारिले गरेका छन । बिद्रोह गीतले सामाजिक सन्जालमा निकै चर्चा कमाईरहेको छ । हेर्नुहोस भिडियो 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया