एमसीसी संझौतामा अमेरीका सेना ल्याउने भन्ने छैन् : नेता पौडेल

प्रकाशित मिति:

रामेछाप – नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले एमसीसी संझौतामा अमेरीकी सेना ल्याउने भन्ने कुरा अनर्गल प्रचार मात्र रहेको बताएका छन् । काग्रेसको पालामा आएको एमसिसि संझौतामानै नभएको कुरालाई उचालेर बाहिर आएका जति पनि कुराहरु छन् ति कुराहरु एमसिसि विरुद्ध कुरा गर्नै जमातले मात्र गर्नै गरेको भन्दै त्यसमा नेपाली काँग्रेसको समर्थन रहेको बताएका हुन् ।

नेपाल प्रेस युनियन रामेछाप शाखाले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले एमसीसी देशकै हितमा भएकाले त्यसमा काग्रेसको पुर्ण समर्थन रहेको पनि बताए । सरकारी पक्षका कतिपय नेताहरुनै एमसिसिको गलत प्रचार गराएर सम्झौता रद्द गर्ने खेलमा लागेको आरोप पनि नेता पौडेलले लगाए । पौडेलले भने एमसिसी विरोधिहरुले त्यसलाई राम्ररी अध्ययन गर्न जरुरी छ । यो अबस्थामा सरकारले एमसीसीको बारेमा विज्ञहरुको टोली राखेर थप अध्ययन गरी त्यसको यथार्थ बाहिरा ल्याउनु जरुरी छ ।

अर्काे फरक प्रसंगमा नेता पौडेलले नेकपाको सरकार संबिधान भन्दा माथि उठेर नीतिगत रुपमै भ्रष्टाचारलाई संस्थगत गराउने खेलमा लागेको पनि आरोप लगाए । उनले भने ठूलठूला भ्रष्टाचारलाई ढाकछोप गर्दै केही भ्रष्टाचारका सबालमा काग्रेसलाई पनि जोडेर आफु पानी माथिको ओभानो हुने खेलमा अहिलेको सरकार लागेकाले त्यसको विरोधमा काग्रेस संसदमा कडा रुपमा प्रस्तुत हुने गरि आन्तरिक तयारीमा पार्टि लागेको नेता पौडेलको स्पष्टोउक्ती थियो ।

दुई तिहाईका नाममा पछिल्लो समयमा नेकपाको सरकारले लोकतन्त्रको विरुद्धमा आफना हर्कतहरु गर्दे आएकोले त्यसलाई तत्काल संच्याउन पनि पौडेलले सरकार संग आग्रह गरे । सरकारले संविधानको मर्म विपरित विभिन्न विधेकहरु ल्याएर व्यक्तिको जीवन माथि खेलबाड गर्ने दुष्प्रयास गरेको आरोप पनि लगाए ।

संविधानमा वैयक्तिक स्वतन्त्रता, व्यक्तिगत अधिकार लगायतका कुरा प्रष्ट रुपमा उल्लेख हुँदा हुँदै पनि त्यसलाई समेत असर पार्ने खालका विधेयकहरु ल्याएर सरकारले जनविरोधि काम गर्दे आएको र त्यसको ज्वलन्त उदाहरण संवैधानिक अगं माथिको आक्रमण र नेपाली सेना, प्रहरी–प्रशासन, कर्मचारीतन्त्र लगायतका ठाउँमा समेत पार्टिकरण गर्दै सत्ताको दुरुपयोग गर्ने खेलमा नेकपा लागेको भन्दै लोकतन्त्रको विकल्पनै नभएको र त्यसको संस्थागत विकासमा काँग्रेसले कुनै पनि कसुर नराख्ने भन्दै पौडेलले अहिलेको सरकार खुलेआम त्यस्तो कर्ममा लागी परेको आरोप पनि उनले लगाए ।