अष्ट्रेलियामा ‘ब्लड क्यान्सर’ पिडित अर्जुनलाई सहयोग गरिदिन परिवारको अपिल !

प्रकाशित मिति:

शक्दो शेयर गरौँसुन्दर भविष्यको सपना बोकेर ३ वर्षअघि अष्ट्रेलिया उत्रिएका एक नेपाली युवकलाई ‘ब्लड क्यान्सर’ देखिएको छ । पोखरा स्थाई घर भएका अर्जुन तिमल्सिनालाई ब्ल’ड क्या’न्सर देखिएको हो । उनी अष्ट्रेलियाको व्रिजवेनमा बस्दै आएका छन् । ३० वर्षिय तिमल्सिना श्रीमतिलाई नर्सिङ पढाउन डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया आएका हुन् ।अ’चानक क्या’न्सर देखिएपछि भर्खरै पढाई सकेर सं’घर्ष गरिरहेका दम्पत्ति रुनुकी हास्नुको स्थितीमा पुगेका छन् । अझ वि’डम्वना, क्या’न्सर देखिएकै हप्ता यो दम्पतिले नवजात शिशुलाइ जन्म दिएका थिए । श्रीमती सुत्केरी गराउन अस्पताल भर्ना भएकै बखत तिमल्सिनालाई झाडा पखालाले सताएको थियो ।

केही दिनसम्म पनि पखाला निको नभएपछि र’गत परिक्षण गर्दा क्या’न्सर भएको पुष्टी भएको हो । तिमल्सिनालाई कि’मो दिन थालिएको छ । चिकित्सकले ३ महिनामा बो’नम्यारो प्र’त्यारोपण गर्न सुझाव दिएको छ । बो’नम्यारो प्र’त्यारोपणका लागि प’रिक्षण गर्न नेपालबाट अर्जुनका भाई समेत अष्ट्रेलिया आईपुगेका छन् । बो’नम्यारो प्र’त्यारोपण गर्न कम्तिमा पनि ३ लाख डलर खर्च हुने चिकित्सकले जानकारी दिएको अर्जुनले बताए ।

‘मलाइ यतिबेला सबैको साथ चाहिएको छ, तपाईको सानो सहयोगले पनि मेरो ज्या’न जोगिन्छ’- अर्जुन अपिल गर्छन्- ‘कृपया मलाई ब’चाईदिनुहोस् । मेरो नवजात शिशुको मुख हेरेर भएपनि मलाई सहयोग गरिदिनुहोला ।’ अर्जुन व्रिजवेनको नेपाली समुदायमा सक्रिय नेपाली युवा हुन् । सामाजिक कार्यमा सधै अगाडी देखिने अर्जुनलाई तपाई पनि अर्जुन बचाउन अभियानमा जोडिन चाहानुहुन्छ भने कृपया तलको  GoFundMe को लिंकमा गएर सहयोग रकम पढाउन सक्नुहुन्छ ।