आवाज सहकारीमा बन्जाडे

प्रकाशित मिति:

बुटवल । बुटवल उप–महानगरपालिका –६ स्थित आवाज बचत तथा ऋण सहकारी संस्था लिको अध्यक्षा पुन बावुराम वन्जाडे निर्वाचित भएका छन ।

११ सदस्यीय संचालक समिति र तिन सदस्यीय लेखा समितिको पदाधीकारी र सदस्यहरुको लागि भएको निर्वाचनमा सोही अनुसार नै उम्मेदवारी परेको र त्यसमा कसैको दावी विरोध नपरेको निर्वाचन समितिले जनाएको छ ।

अध्ययक्षमा बावुराम बन्जाडे, उपाध्यक्षमा जीवन प्रसाद अधिकारी, सचिवमा बालकृष्ण पाण्डे, कोषाध्यक्षमा अच्युत पन्थ निर्विरोध निर्वाचत भएका छन । त्यसैगरी सदस्यहरुमा तुल्सी प्रसाद आचार्य, रुद्रलाल कुंवर, विष्णु प्रसाद न्यौपाने, गोकुल कडेल, स्वरोज कुमार जयसवाल, मिनराज भूसाल र गिता बन्जाडे निर्वाचित भएका छन ।

त्यसै गरी लेखा समिति संयोजकमा दलवहादुर राना, सदस्यमा नारायण पन्थी र लक्ष्मण पन्थी निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत खुवीराम आचार्यले बताए । उनले संस्थाको विधान अनुसार निर्वाचन प्रकृया अघि वढाईएको बताउदै उम्मेदवार माथीको दावी विरोध कसैको नपरेकाले संचालक समिति र लेखा समितिका पदाधीकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएको जानकारी दिए ।

२०६६ सालमा स्थापना भएका उक्त सहकारीको चौथो अधिवेशन तथा नवौ साधारण सभा असोज २० गते बुटवलमा हुदैछ । अधिवेशनको कृषी, सहकारी तथा भूमि व्यवस्था मन्त्रि आरती पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।