मगर सस्कृतिमा आधारित चलचित्र “मारांङ” को फस्ट लुक सार्बजनिक

प्रकाशित मिति:

काठमाडौँ/ मगर सस्कृतिमा आधारित चलचित्र मारांङ को फस्ट लुक सार्बजनिक भएको छ । सुनारी फिल्मसको ब्यानरमा निर्मित चलिचत्र मराङको एक कार्यक्रम विच पोष्टर सार्वजनिक गरिएको हो । तुल रुपा सारु मगरको निर्माण रहेको चलिचत्रलाइ बुद्धया सुनारी मगरले निर्देशन गरेका हुन । चलचित्र निर्माण युनिटले चलचित्रको छायाँकन अन्तिम चरणमा पुगेको पुर्वसन्ध्यामा पोष्टर सार्वजनिक गरेको हो ।नेपाली समुदायको ग्रामिण क्षेत्रमा रहेको मगर संस्कृतिको जगेर्ना गर्नु पर्छ भन्ने सन्देश यस चलचित्रले दिन खोजेको निर्देशक बुद्धया सुनारी मगरले बताउनुभयो ।

चलचित्र मराङ पाल्पा जिल्लाको पुर्वि भेगमा अवस्थित निस्दी गाउँपालिका सेरोफेरोमा छायाँकन गरिएको हो । अहिलेको समयमा नेपाली समाजमा विदेशी संस्कृतिले प्रभाव जमाईराखेको अवस्थामा, युवा पुस्ताहरुमा आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नु पर्ने र मौलिक संस्कार रितिरीवाज लाई जोगाई राख्ने उदेश्यका साथ चलचित्र मराङ निर्माण गरिएको निर्देशक तथा लेखक बुद्धया सुनारी मगरले जानकारी दिनुभयो । हेर्नुहोस उक्त चलचित्रको ट्रेलर