अमरज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड बार्हौ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल/अमरज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवल–११ ले संस्थाको बार्हौ स्थापना दिवसको अवसरमा आज (आइतबार) संस्थाको कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरेको छ ।संस्थाका अध्यक्ष टंकनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ५० युनिट ५० पोका रगत सङ्कलन भएको कार्यक्रम संयोजक कृष्णप्रसाद पौड्यालले जानकारी दिनुभयोे ।बुटवल उपमहानगरपालिका सहकारी विभागका प्रमुख गुणाखर खनालको आतिथ्यमा भएको कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूले रक्तदान गरेका थिए ।

संस्थाका सचिव कृष्णप्रसाद पौड्यालको सञ्चालन र उपाध्यक्ष केशवराज पोखरेलको स्वागतमा कार्यक्रम भएको थियो । ,सहकारीले सार्वजनिक दायित्वका रूपमा वृद्धाश्रमका प्रौढहरूलाई पौष्टिक आहार र औषधीजन्य वस्तुहरू प्रदान गर्ने, लत्ताकपडा प्रदान गर्ने लगायतका कार्य गरिरहने संस्थाका सदस्य उत्तम अर्यालले जानकारी दिनुभयो ।