विद्यार्थीहरुद्वारा वृद्धाश्रमलाई सहयोग

प्रकाशित मिति:

बुटवल, असोज १९  \
कालिका मानवज्ञान मावि बुटवलमा कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुले खाजा खर्च कटाएर रकम संकलन गरि वृद्धाश्रमलाई सहयोग गरेका छन् ।
कालिका मानाव्ज्ञान माध्यमिक विद्यालयमा गठन भएको इन्ट्¥याक्ट क्लब अफ कालिकाको पहलमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट संकलन गरिएको नगदबाट दाल, चामल, पिठो, नून र फलफूल जस्ता सामाग्रीहरु खरिद गरेर बुटवल २ स्थित सिद्धबाबा दुर्गा भवानी सैंजु वृद्धाश्रम र नेपाल अपांग आश्रम देवी नगरलाई शुक्रबार एक कार्यक्रम गरि हस्तान्तरण गरिएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै रोटरी क्लब अफ बुटवलका अध्यक्ष नारायण पन्तले बालबालिकाहरुले वृद्धाश्रमका पाका पुस्ताहरुलाई अत्यावस्यक सामाग्रीहरु प्रदान गरेर असल सामाजिक ब्यवहारको शुरुवात गरेको बताउदै हरेक बालबालिकाले पाका पुस्ताहरुबाट ज्ञान र सिप हासिल गर्ने र पाका पुस्तालाई माया, सहयोग र सम्मान गर्ने सस्कारको विकास गर्नुपर्ने कुरामा जोड दिए। कार्यक्रममा कालिका मानवज्ञान माविका अध्यक्ष होम बहादुर गलामी क्लबकी अध्यक्ष प्रतिभा भण्डारी , सचिव प्रकृति बस्याल लगायतले बोलेका थिए।
क्लब मार्फत विद्यार्थीहरुले ३० हजार रुपैंया बराबरको खाद्यान्न र फलफूल वितरण गरेका थिए ।