दशै , तिहार नजिकिए सँगै खसी बोका खरिद विक्रि वढ्र्यो

रमेश विक

प्रकाशित मिति:

रमेश विक गुल्मी, असोज १९ / नेपालीहरुको महान पर्व दशै , तिहार नजिकिए सँगै खसी बोका खरिद विक्रि गर्ने क्रमम बढेको छ । जिल्लाको ईश्मा गाउँपालिका ६ अमरपुरमा रहेको अमरपुर महिला कृषि तथा पशुविकास महिला सहकारीले जिउदै खसी बोका जोखेर बेच्न शुरु गरेको हो । चाडपर्वहरुमा बढी मात्रामा मासु जन्य वस्तु विक्रि हुने भए पछि उत्पादित खसी, बोका जोखेर बेच्न थालिएको सहकारीकी अध्यक्ष देबकला थापाले बताईन् । थापाका अनुसार २९ केजी सम्मका खसी बोकाको मुल्य प्रति केजी ३ सय ४५ , ३० केजी देखि ३९ केजी सम्मका खसी बोका प्रति केजी ३ सय ६५ रुपैयाँ , र ४० केजी देखी माथिका खसी बोकाको मुल्य प्रति केजी ३ सय ८० रुपैँयामा बिक्र वितरण गरिएको छ । यसरी सिधै व्यवसायीहरु कृर्षकहाँ जाने र बिचौलीयाहरु बिचमा नरहने भएकाले किसानहरुले उचित मुल्य पाएको सहकारीकी सचिव निमकला अर्यालले बताईन् । हेफरको आर्थिक सहयोगमा नवप्रभात युवासंघले गाउँका महिलाहरुलाई व्यवसायिक बनाईदिए पछि सहकारीको माध्यमबाट यस क्षेत्रका महिलाहरु आत्मनिर्भर भएका छन् । बाख्रापालनबाट आफ्नो घर खर्च चलाउनुको साथै रामै्र आम्दानी हुन थाले पछि उत्साहजनक रुपमा लागेको सहकारीकी सचिव अर्यालले बताईन ।