सुनचाँदीकै भाउ स्थिर

प्रकाशित मिति:

काठमाडौं – नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ७५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन सोमबार पनि यथावत् छ ।

यस्तै तेजाबी सुन अघिल्लै दिनको मूल्य अर्थात् प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  सुनको मूल्यस्थिर रहँदा चाँदीको भाउ पनि स्थिर नै छ । सोमबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । चाँदीको मूल्य शुक्रबारदेखि बढेको छैन ।