मैत्रीपुर्ण फुटसलमा मोवाईल सेल्स टिम विजयी

प्रकाशित मिति:

झविन्द्र देवकोटा / बुटवल- बुटवलमा भएको मैत्रीपुर्ण फुटसलको उपाधी मोवाईल सेल्स टिम बुटवलले जितेको छ । ब्यवसायीक एकता र ब्यवसायीरब्यवसायीबीचमा आपसि भाईचारा स्थापित गर्ने उद्देश्यले बुटवलमा भएको खेलमा नेपाल मोवाईल डिष्ट्रिब्यूटर एशोसियशनलाई ६–४ गोलले हराउँदै सेल्स टिमले उपाधी जितेको हो । लुम्विनी फुटसल एरिना योगिकुटीमा सोमबार भएको प्रतियोगितामा सेल्स टिमले फुटसलको उपाधी सहित नगद ४ हजार शिल्ड र ट्रफि हात पारेको हो । यस्तै प्रतियोगितामा हरि क्षेत्री म्यानअफ दी म्याच घोषित भए । प्रतियोगिताका विजेता टिमलाई पुरस्कार वितरण गर्दै बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका उपाध्यक्ष अनिलप्रसाद श्रेष्ठले खेलले शरिरलाई स्वस्थ र फर्तिलो राख्नुका साथै आपसी सम्बन्ध पनि विस्तार गर्ने बताउनुभयो ।

उहाँले मैत्रीपुर्ण खेलले ब्यवसायीक एकता विस्तार गर्न ठुलो सहयोग गरेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रकारका प्रतियोगिताको निरन्तरता हुनु पर्ने विचार राख्नुभयो । बुटवल उद्योग बाणिज्य संघ बस्तुगत मोवाईल समितिका अध्यक्ष विष्णु ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव अफ बुटवल स्मार्ट सिटीका अध्यक्ष सुरेन्द्र भारी, नेपाल मोवाईल डिष्ट्रिब्यूटर एशोसियशनका अध्यक्ष धर्मेन्द्र गुप्ता, मोवाईल सेल्स टिमका अध्यक्ष विष्णु मरासिनी लगायतले मानव जीवनमा खेल महत्वपुर्ण भएको बताउनु भएको थियो । राजिव खनालको सञ्चालनमा भएको प्रतियोगितामा मोवाईल समिति, विक्रेता समुह, डिष्ट्रिब्यूटर र लायन्स क्लव अफ बुटवल स्मार्ट सिटीका सदस्यहरु सम्मिलित चार समुहले प्रतिस्प्रर्धा गरेका थिए ।