राप्तीमा माघि मिलन कार्यक्रमको आयोजना

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली/ दाङराप्ती गाउँपालिकाले थारु समुदायको महान पर्व माघीको अवसर पारेर सोमवार माघि मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।थारु समुदायको बाहुल्यता रहेको राप्ती गाउँपालिकामा थारु समुदायको कला संस्कृति, खानपानको संरक्षण तथा सम्वद्धनका लागि माघि मिलन कार्यक्रमको राप्ती गाउँपालिकाले आयोजना गरेको हो ।राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षता तथा ५ नं प्रदेश सदस्य सांसद ईन्द्रजित चौधरीको प्रमुख आथित्यतामा भएको माघि मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा थारु कला संस्कृति झल्कने गीत संगीत तथा नाच र थारु परिकारलाई विशेष प्राथमीकतामा राखीएको थियो ।

स्थानिय सरकारको स्थापना तथा स्थानिय तहमा जनप्रतिनिधि आएसंगै नियमीत रुपमा माघि मिलन कार्यक्रमको आयोजना गर्दै आएको राप्ती गाउँपालिकाले यस वर्ष माघि पर्बको अवसरमा स्थानिय कला संस्कृति, भेषभुसाको संरक्षण गर्दे जाने समेत जानकारी गरिएको छ ।राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको स्वागत तथा शुभकामना सन्देश वाट सुरु गरिएको कार्यक्रममा विभिन्न जातजातिको पहिचानको संरक्षण गर्न स्थानिय सरकार लागीरहेको समेत जानकारी गरिएको छ ।