बस र ट्रक ठोक्किँदा चार जनाको मृत्यु

प्रकाशित मिति:

बुटवल/ पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेमा माइक्रो बस र ट्रक ठोक्किँदा चार जनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्।

दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र नेपालगञ्जबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक बाँकेको राप्ती सोनारीमा बिहान सवा ९ बजेतिर आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा घाइते भएकाहरूको उपचार बाँकेको कोहलपुर मेडिकल कलेजमा प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।