बर्दघाट नगरपालिका र उद्योग बाणिज्य संघ बर्दघाटले गर्यो विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

प्रकाशित मिति:

रामु भुषाल/ नवलपरासी- माघ महिना लागि सक्दा पनि अझै चिसो बढ्न थालेपछीे जाडोलाई मध्यनजर गर्दै भानु आधारभुत विद्यालय बर्दघाट ८ भानुनगरका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको छ । बर्दघाट नगरपालिका तथा उद्योग बाणिज्य संघ बर्दघाटको सहयोगमा सोमबार उक्त विद्यालयमा अध्ययनरत प्रावि तहका विद्यार्थीहरुलाई सो न्यानो कपडा वितरण गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम बहादर थापाको अध्यक्ष एवं बर्दघाट वडा नम्बर ८ का वडाध्यक्ष कविराज आचार्यको प्रमख आतिथ्यता एवं उद्योग बाणिज्य संघ बर्दघाटका उपाध्यक्ष लेखनाथ पौडेलको विशिष्ट आतिथ्यता सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रावि तहका ५० जना विद्यार्थीहरुलाई उनको स्वीटर, टोपी र मोजा वितरण गरिएकोमा उद्योग बाणिज्य संघले १० जना र बर्दघाट नगरपालिकाले ४० जना विद्यार्थीहरुलाई सो न्यानो कपडा वितरण गरेको संघका सदस्य ईन्द्रजित चौधरीले जानकारी दिनुभएको छ ।

सो अवसरमा वडा सदस्य कृष्ण शाही, उद्योग बाणिज्य संघ बर्दघाटका सदस्य हेमलाल न्यौपाने, भरत कण्डेल, गंगा पाठक, विद्यालय ब्यवस्थापन समितिकी सदस्य गायत्री गिरि लागएत विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक सहित विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको सञ्चालन विद्यालयका प्रअ मानसिहँ परियारले गर्नुभएको थियो । बर्दघाट नगरपालिकाको विपत ब्यवस्थापन समितिको निर्णय अनुसार नगर भित्रका ३३ सामुदायिक विद्यालय र २ मदरसा गरि ३५ वटा सरकारी विद्यालयमा जाडो मौसमलाई लक्षित गर विद्यालयमा अध्ययनरत विपन्न वर्गका छात्र छात्राहरुलाई न्यानो कपडा अन्र्तगत उनको स्वीटर, टोपी, मोजा लगाएतका कपडाहरु वितरण गर्दै आएको छ । नगरमा रहेको प्रावि तहका १ हजार १ सय जना अति विपन्न, गरिब तथा पिछडिएका समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने नगरको योजना रहेको बर्दघाट नगर शिक्षा अधिकृत ईन्द्र बहादुर कुंवरले बताउनुभएको छ । त्यस्तै, समाजिक उत्तरदायित्व अन्र्तगत बर्दघाट उद्योग बाणिज्य संघ बर्दघाटले पनि विभिन्न विद्यालयहरुमा पुगी जाडो छल्न विद्यालयका गरिब, अतिविपन्न तथा पिछडिएका समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै आइरहेको छ ।