तिलोत्तमालाइ पोलिथिन मुक्त नगर बनाउने अभियानमा लिडास फेसन

प्रकाशित मिति:

तिलोत्तमामा/तिलोत्तमामा रहेको लिडास फेसन निटवेर प्रालिले सरसफाइ अभियान संचालन गरेको छ ।योगिकुटीलेखि जानकीनरगसम्म दुबै साइटमा सरसफाइ गरेको हो ।भिजिट नेपाल २०२० लाइ सफल बनाउन र पोलिथिन मुक्त नगर बनाउने अभियानमा निजी क्षेत्रको पनि दायित्व भएकाले मूल सडकको दायाबाया सरसफाइ गरिएको प्रालिका डाइरेक्टर इन्द्र खड्काको भनाई छ ।

 

सरसफाइ अभियानको १०२ बर्षिय रामबहादुर केसीले शुभारम्भ गरेका थिए । उनी दोश्रो बिश्वयुद्धका जीबित ब्याक्ति हुन् । सरसफाइमा कम्पनीका ४० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।